दफा १४
कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्ने
१४. कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्ने
(१) नेपाल सरकारले यस आदेश बमोजिम सार्वजनिक संस्थानको कार्यकारी प्रमुखको पदमा नियुक्त गर्दा निजसँग कार्यसम्पादनमा आधारित सम्झौता गर्नु पर्नेछ ।
(२) कार्यसम्पादन सम्झौताका सूचकहरू सम्बन्धित मन्त्रालयको परामर्शमा बोर्डले तयार गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको कार्यसम्पादन सम्झौता सम्बन्धित मन्त्रालयले गर्नेछ ।
(४) यस दफा बमोजिम गरिएको कार्य सम्पादनमा आधारित सम्झौताको कार्यान्वयनको अनुगमन बोर्डले गर्नेछ ।